काठमाडौँ, ३१ जेठ । पछिल्लो चौविस घण्टामा कोरोनाबाट थप ५३ जनाको ज्यान गए्को छ ।
यस सहित कोरोनाबाट ज्यान जानेको संख्या ८४६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी सोही समयावधिमा पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप २९१८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सो मध्ये पीसीआरबाट २०४९ जना र एन्टिजेन परीक्षणबाट ८६९ भएको हो ।
यसैगरी पछिल्लो चौविस  घण्टामा ५१४७ जना संक्रमित विसेक भएका छन् ।
यस सहित विसेक  संक्रमित संख्या ५ लाख ३६ हजार २५२ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर