काठमाडौँ, ७ फागुन : रसुवाका नेकपा (एमाले)का पूर्वजिल्ला अध्यक्ष तथा संविधानसभा सदस्य जनार्दन ढकालसहित नेता–कार्यकर्ता आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस सभापति गगनकुमार थापाले आज यहाँ आयोजित कार्यक्रममा उहाँहरूलाई पार्टी सदस्यता प्रदान गर्दै औपचारिक रूपमा स्वागत गर्नुभयो । प्रवेश गर्नेहरुमा नेता–कार्यकर्ता, पालिका र वडा तहका पदाधिकारी, सचिवालय सदस्य, भ्रातृ सङ्गठनका प्रतिनिधि छन् ।
त्यसैगरी आजै पूर्वमन्त्री रामवीर मानन्धर पनि एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गर्नुभएको छ । उहाँले २०७४ सालमा निर्वाचित सांसदका रूपमा राजनीतिक अनुभव हासिल गर्नुभएको छ भने, यसअघि स्थानीय तहमा वडाध्यक्षको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो ।
—
