काठमाडौँ २९ जेठ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ६१ जनाको ज्यान गएको छ ।
उक्त सँख्यासँगै ज्यान जानेहरुको सँख्या ८३६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी सोही समयावधिमा पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप ३३८४ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार ८ हजार ५०६ पीसीआर परीक्षणमा २३८२ र ५९८८ एन्टिजेन परीक्षण गर्दा १००२ जना सहित सो सँख्या पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार अहिलेसम्म ६२९५ जना संक्रमित विसेक भएका छन् । यससँगै विसेक हुनेको संख्या ५ लाख २७ हजार १११ पुगेको छ ।
