काठमाडौ, ६ माघ । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिएको छ जसमध्ये १०६ जना नयाँ उम्मेदवार रहेका छन् ।
फागुन २१ गते हुने निर्वाचनका लागि भने कांग्रेसले कसैसँग पनि गठबन्धन गरेन।
प्रवक्ता देवराज चालिसेले १६५ जना उम्मेदवार चयन गरिएकोमा १०६ जना नयाँ उम्मेदवार तय गरिएको जानकारी दिनुभएको छ ।
‘१६५ उम्मेदवार खडा गरेका छौं, जसमा ११ जना महिला हुनुहुन्छ, यसअघि जम्मा ५ जना महिलाहरूले प्रत्यक्षतर्फ टिकट पाउनुभएको थियो,’ भन्दै यसपटक ‘युवाहरूलाई पनि प्राथमिकता राखेर टिकट दिएका छौं उहाँले वताउनुभयो ।
कांग्रेस सभापति थापाव्दारा सर्लाही क्षेत्र नं ४ मा उम्मेदवारी दर्ता
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सभापति थापाले आज वारेसमार्फत उम्मेदवारी दर्ता गर्नुभएको हो । उहाँको उम्मेदवारीको प्रस्तावकमा उपेन्द्रप्रसाद कुशवाहा र समर्थक रामआश्रय साह बस्नुभएको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
विगतमा काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिस्पर्धा गर्दै आउनुभएका थापाले यसपटक अन्तिममा सर्लाही निर्वाचन क्षेत्र नं ४ रोज्नुभएको हो । समयको चापका कारण उम्मेदवार थापा यहाँ उपस्थिति हुन नसकेपछि नेता वीरेन्द्र सिंहले वारेस रहेर उम्मेदवारी दर्ता गर्नुभएको नेता निरोज कार्कीले जानकारी दिनुभयो ।
थापासँगै यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट डा अमरेशकुमार सिंह, नेपाली कम्युनिष्ट पार्टीबाट डा रजनिश यादव, जनता समाजवादी पार्टी ९जसपा० नेपालबाट रामेश्वर राय यादव र नेकपा ९एमाले०बाट रविशङ्कर कुशवाहाले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिनुभयो ।
