काठमाडौँ, २७ मङ्सिरः राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का महामन्त्री कविन्द्र बुर्लाकोटीले राजनीतिक सङ्क्रमणको अन्त्य गर्दै आगामी निवार्चन समयमा सम्पन्न गराउन सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा ९एमाले०को ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँ मुलुकमा विद्यमान तरल राजनीतिक अवस्थाका चुनौती सामना गर्न महाधिवेशन राष्ट्रहिततर्फ केन्द्रित हुने अपेक्षा व्यक्त गर्नुभयो ।
महामन्त्री बुर्लाकोटीले भन्नुभयोे,“राजनीतिक सङ्क्रमणको अन्त्य गर्दै आगामी निर्वाचन समयमा नै सम्पन्न गर्न र लोकतन्त्रलाई लिकमा ल्याउने वातावरण बनाउन एमालेपछि हट्ने छैन । यसका लागि राष्ट्रिय दलहरू सकारात्मक र प्रशंसनीय भूमिका निर्वाह हुने अपेक्षा गर्दछौँ।”
उहाँले अनावश्यक क्षेत्रमा दलीय र चरम राजनीतिकरण रोक्नुपर्नेमा जोड दिँदै पुराना दलहरूले लोकतन्त्रको स्थापनाका लागि केही त्याग गर्न तयार हुनुपर्ने धारणासमेत व्यक्त गर्नुभयो । मुलुकमा सुशासन, समन्वय, लोकतन्त्रको स्थापनासहित लोककल्याणकारी राज्य निर्माणमा सबै राजनीतिक दल जुट्नुपर्नेमा बुर्लाकोटीको जोड थियो ।
‘दलहरू संविधान जोगाउनेतर्फ केन्द्रित हुनुपर्छ’
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवप्रसाद गुरुङले लामो सङ्घषर््बाट प्राप्त संविधान जोगाउन सबै दल केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रिय स्वाधीनता जोगाउनका निम्ति संविधानलाई सही मार्गमा अगाडि बढाउनुपर्ने हालको मुख्य आवश्यकता भएको बताउनुभयो ।
नेता गुरुङले पटक–पटक भएका जनआन्दोलन, जनताको त्याग र बलिदानको परिणामस्वरुप गणतन्त्र प्राप्त भए पनि सहज रूपमा अगाडि बढाउने सन्दर्भमा चुनौती खडा भएको भन्दै सबै परिवर्तनका पक्षधर एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान मुलुकको लोकतन्त्र, गणतन्त्रसँग जोडिएको मुलुकको स्वाधीनतासँग जोडिएको छ । त्यसैले यतिबेलाको मुख्य कार्यभार संविधानलाई ट्र्याकमा ल्याउनु हो ।”
उहाँले ११औँ महाधिवेशनबाट एमालेले सक्षम नेतृत्व चयन गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुकको वर्तमान सङ्कट सम्बोधनका लागि सबै राष्ट्रवादी, गणतन्त्रवादी शक्तिबीचमा सहकार्यको साथसाथै अगुवाको भूमिका निर्वाह गर्नुपर्ने छ । एमालेले त्यो बाटोमा अगाडि बढ्ने गरी नेतृत्व चयन गर्नेछ ।”
नेता गुरुङले मुलुकको वर्तमान समस्या समाधान गर्न कम्युनिष्ट शक्तिबीच एकता हुनुपर्ने बताउँदै विघठित कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध नगरी प्राप्त उपलब्धि जोगाउन कठिन हुने उल्लेख गर्नुभयो ।
