काठमाडौं,२२ जेठ । पछिल्लो चौविस घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ६८ जनाको ज्यान गएको छ ।
योसँगै ज्यान जानेका संख्या ७ हजार ७९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा ११ हजार ४७१ जनाको पिसिआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण गर्दा थप ५०४२ जना संक्रमित पुष्टि भएका छन् ।
मन्त्रालयका अनुसार पिसिआरबाट ३५४० जना र एन्टीजेटबाट १५०२ जना संक्रमित पुष्टि भएका हुन् ।
यस्तै सो समयावधिमा ८२४३ जना संक्रमित विसेक भएका छन् । हालसम्म विसेक सँख्या ४ लाख ८४ हजार ३७३ जना पुगेका छन्।
