अर्घाखाँची, १० कार्तिक । नेकपा (एमाले) अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आज यहाँ संविधानको रक्षा, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि र्याली निकालेको गरेको छ ।
अराजक प्रवृत्ति, प्रतिगामी षड्यन्त्र र अस्थिरताको प्रयासका विरुद्ध सो र्याली निकालिएको हो । र्यालीमा एमालेका नेता, जनप्रतिनिधि, कार्यकर्ता, महिला, युवा, विद्यार्थी तथा शुभेच्छुकहरूको सहभागिता थियो ।
सन्धिखर्क बजारका विभिन्न भागको परिक्रमा गरेको सो र्यालीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा पार्टी नेता चेतनारायण आचार्य, केन्द्रीय नेता सूर्य थापा, प्रदेश सांसद, जिल्ला कमिटीका पदाधिकारी र स्थानीय नेता सहभागी थिए ।
