काठमाडौं, २४ असोज । नेपाली कांग्रेस आज वसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा निर्वाचनलाई पनि प्रयोग गर्ने तर संसद् पुनर्स्थापनाको विकल्प पनि खुल्ला नै राखेर जानुपर्ने सुझाव आएको छ ।
बैठकपछि प्रवक्ता प्रकाशशरण महतले दुवै विषयमा कांग्रेस तयार रहनुपर्ने सुझाव आएको वताउनुभयो ।
‘संवैधानिक प्रबन्ध अनुसार त यो सरकार बनेको होइन । तर निर्वाचन गर्ने तिथीमिति तोकिएको छ । कांग्रेस जनतामा विश्वास गर्ने पार्टी हो, जनतामा जाने कुरालाई नकार्न सकिन्न,’ भन्दै ’ जनतामा विश्वास गर्ने पार्टी हो जनतामा जाने कुरा नकार्न सक्दैनौं । तर सरकार निष्पक्ष रुपमा चुनावको वातावरण बनाउन गम्भीर देखिएको छैन । त्यसैले निर्वाचन गराउँछ कि गर्दैन हेर्नुपर्छ । संसद् पुनर्स्थापनाको बाटो पनि खुला राख्नुपर्छ ।’उहाँले स्पष्ट पार्नुभयो ।
