काठमाडौँ, १९ जेठ । सुन्दरीजलस्थित वाग्मतीबाट उपत्यकामा लगिएको खानेपानीको ठूलो पाइप जीर्ण भई चुहावट भइरहेकाले सो मर्मतसम्भार तर्फ सरोकारवालाको ध्यान जान सकेको छैन ।
जीर्ण भएका र वर्षौं पुरानो खानेपानीका पाइप फेर्न नसकेका कारण ठाउँठाउँमा पानी खेर गएको छ ।
जीर्ण र फुटेका पाइपका कारण दर्जनौँ स्थानमा पानीको फोहरा लामो समयसम्म छुटेर खेर जाने गरेको पाइएको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड महाँकालचौर शाखाका कार्यालयप्रमुख उमेश मरहट्ठा पाइप पुरानो भएकाले ठाउँ ठाउँबाट चुहावट हुने गरेको स्वीकार्नु हुन्छ ।
चुहावटलाई तत्काल मर्मतसम्भार गर्ने गरेको उहाँको दाबी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर