काठमाडौं, ३१ भदौ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वमा वनेको सरकारमा मन्त्रीहरूको संख्या ११ जनाभन्दा बढी नहुने बताउनु भएको छ ।

बीबीसी नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले ती मन्त्रीहरु कुनै राजनीतिक पार्टी र त्यससम्बद्धलाई नराख्ने बताउनुभएको छ ।

‘समावेशिता झल्किने गरी राखिने मन्त्रीहरु राख्दा उनीहरुको क्षमता पनि हेरिने छ उहााँले भन्नुभएको छ।

उहाँले तीन जना मन्त्री बनिसकेका अब ८ जना थपिने जानकारी दिनुभयो ।

‘पोलिटिक्समा नरहनु भएका नन् पोलिटिकल र कुनै संस्थामा काम गरेकाहरुलाई ल्याउँछौं त्यस्ता मान्छे खोजिभइरहेको छ’ उनले भनेकी छन् ।

राजनीतिक आबद्धता भएका व्यक्ति मन्त्रिपरिषद्मा राख्दा चुनावको काममा फोकस नहुने भएकाले चुनाव नलड्ने व्यक्तिलाई मन्त्री बनाउने उनले बताइन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर