काठमाडै, २४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जीको आन्दोलन नियन्त्रण बाहिर पुगेपछि राजनीतिक निकासका लागि भन्दै पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा बुझाउनुभएको हो । उहाँ २०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

‘प्रधानमन्त्री ओलीले राजीनामामा २०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु,’ उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर