काठमाडौँ, २३ भदौ । जेनजीले आज्हानमा भएको प्रदर्शनले हिंसात्मक रूप लिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाइएको छ ।

परिषद्‍का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र सदस्यहरूमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, रक्षामन्त्री मानवीर राई, मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल छन् भने सचिवमा रामेश्वर दंगाल हुनुहुन्छ ।

प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ६ जनाको मृत्यु र दर्जनौँ घाइते भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर