काठमाडौ, २० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकको सीमानाका बारे भारतसँगै वार्ता गरेर समाधान गरिने बताउनुभएको छ ।

नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको उद्घाटन स्वागत भाषणमा उहाँले उक्त धारणा राख्नु भएको हो ।

प्रमं ओलीले शाङ्घाई सहयोग संगठनको शिखर सम्मेलनमा सहभागी हुने क्रममा लिपुलेक सीमामा भारतसँग चीनले व्यापारिक सम्झौता गरेकाले राष्ट्रपति सी जिपिङ्गसँग असहमति प्रकट गरेको बता उनु भएको छ ।

श्री ओलीले ‘खासमा लिपुलेक सीमाको बारेमा भारतसँग वार्ता गरेर समाधान खोज्ने हो । खासमा तेस्रो देशसँग कुरा गर्नुपर्ने थिएन । तर लिपुलेकमा भातरसँग व्यापार गर्ने सम्झौतामा चीनले हस्ताक्षर गरेकाले मैले त्यहाँ कुरा राखेँ’, भन्नुभयो अगाडि बढाउने हो ।’

चीनका राष्ट्रपति सीले जवाफमा नेपालको सार्वभौम सत्ता, सीमानामा नेपाल भारतको विषय कुटनीतिक वार्ताबाट समाधान गर्न र भौगोलिक अखण्डतामा सधै समर्थन रहने बताएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर