काठमाडौ, ३१ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४.४६ अंकले बढेर २७६०.१७ विन्दुमा पुगेको छ।

परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स पनि ७.०४ अंकले बढेको छ। त्यस्तै, फ्लोट इण्डेक्स २.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५७ अंकले बढेको छ।

नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ। सोमबार ८ अर्ब १७ करोड रुपैयाँमा सीमित भएको कारोबार मंगलबार बढेर ९ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ पुगेको छ।

दिनभरमा ३१७ कम्पनीको २ करोड ६५ लाख १७ हजार कित्ता सेयर ७४ हजार ५७ पटक किनबेच भएको नेप्सेले जनाएको छ।

मंगलबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ। सबैभन्दा धेरै बैंकिङ्ग उपसमूहको परिसूचक १.८१ प्रतिशतले बढेको छ।

त्यस्तै, जलविद्युत १.७१ प्रतिशत, वित्त १.७९ प्रतिशत, लघुवित्त १.२८ प्रतिशत र विकास बैंक १.२२ प्रतिशतले बढेका छन्।

अन्य उपसमूहहरूमा लगानी १.०८ प्रतिशत, होटल तथा पर्यटन ०.९३ प्रतिशत, उत्पादन ०.८८ प्रतिशत, व्यापार ०.८५ प्रतिशत, निर्जीवन बीमा ०.७६ प्रतिशत, जीवन बीमा ०.६८ प्रतिशत र अन्य ०.५२ प्रतिशतले वृद्धि भएका छन्।

आज सुपर मादी हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ८.०८ प्रतिशतले बढेको छ। यसैगरी, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ५.८६ प्रतिशत, भूगोल इनर्जीको ५.७१ प्रतिशत र ओम मेगाश्री फर्मास्युटिकल्सको ५.४३ प्रतिशतले मूल्य वृद्धि भएको छ।

गुमाउने कम्पनीहरूमा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। जसको सेयरमूल्य ४.६४ प्रतिशतले घटेको छ। शुभम् पावरको ३.३३ प्रतिशत, चिरख्वा हाइड्रोपावरको ३.२६ प्रतिशत र सप्तकोशी विकास बैंकको २.८२ प्रतिशतले मूल्य घटेको छ।

कारोबार रकमका आधारमा आज बुटवल पावर कम्पनी शीर्ष स्थानमा रह्यो। कम्पनीको ५२ करोड ३२ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो।

त्यस्तै, निफ्रा हरित ऊर्जा ऋणपत्रको ५० करोड ५१ लाख र राधी विद्युत कम्पनीको करिब ४३ करोड रुपैयाँको कारोबार भएको छ। धेरै कारोबार हुने अन्य कम्पनीहरूमा एनआईसी एसिया बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर पनि रहेका छन्।

आजको कारोबारपछि बजारको कुल पूँजीकरण ४५ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर