काठमाडौं, १२ जेठ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट १४५ जनाको मृत्यु भएको छ ।
यससँगै मृत्यु हुनेको संख्या ६८४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा १९०३० जनाको पीसीआर परीक्षण गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा कोरोना देखिएसँगै थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी, सो समयावधिमा ६७१६ जना संक्रमित विसेक भएका छन्।

अहिलेसम्म १ लाख १७ हजार ७७७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर