काठमाडौँ, २३ असारः राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज जारी विज्ञप्तिअनुसार वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीश नियुक्त गरिएको हो ।

संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उहाँहरूलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता महेशकुमार नेपाललाई न्याय परिषद् सदस्यमा नियुक्त गर्नुभएको छ ।

आज उहाँले प्रधानमन्त्रीको सिफारिसमा भोजपुरको भोजपुर नगरपालिका–८ का नेपाललाई परिषद् सदस्यमा नियुक्त गर्नुभएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर