बीरगन्ज, असार ११ । बीरगन्ज उद्द्योग बाणिज्य संघका तत्कालिन अध्यक्ष सुबोध कुमार गुप्ता, बरिष्ठ उपाध्यक्ष अनील कुमार गुप्ता, उपाध्यक्ष माधब राजपाल र कोषाध्यक्ष गोबिन्द शाहको गैर कानूनी निर्णयबाट संघ करोडौ रुपयाको आर्थिक दायित्वको दुष्चक्रमा फसेको छ ।

संघको कार्यकाल सकिन लागेको बेलामा २०७९ साल माघ १० गते उक्त पदाधिकारीले संघको बैठक नै नराखी सादा कागजमा संघलाई दीर्घकालीन असर गर्ने गरि कार्य गरेका हुन ।

संघको बिधान र प्रचलित परंपरा अनुसार संघ पदाधिकारीको बैठक बोलाउनु पुर्ब पदधिकारीहरुलाई बैठकको एजेण्डा सहित सूचना पठाइन्छ। त्यसपछी बस्ने बैठकमा संपूर्ण ११ जना पदाधिकारीहरुको ५० प्रतिशत बहुमत उपस्थित भएमा मात्र कोरम पुगी बैठक बस्न सक्छ । अन्यथा बैठक बस्दैन । बैठक बस्दा पहिले बैठकको माइन्युट बूकमा उपस्थिती जनाई सोही माइनट बूकमा निर्णय गरिन्छ । पदाधिकारीको अधिकार क्षेत्र भित्र भए तत्काल कार्यान्वयन गरिने र अन्यथा कार्य  समितिबाट पास भएपछी मात्र कार्यान्वयन गरिन्छ ।

तर यहाँ न त पदाधिकारीको बैठक बोलाईएको छ न माइनट बूकमा उपस्थिती गराईएको छ न बैठकको कोरम नै पुगेकोछ ।कुनै अर्कै ठाउमा बसेर सेतो कागजमा लेखी सही गरि सो कार्यान्वन गर्नु सरासर गैर कानूनी हो । र यसबाट शृजित दायित्व निर्णय कर्ताबाट असुल उपर गर्नुपर्छ भन्ने आवाज उठिरहेको छ ।

यस बाहेक संघ बिगत बिगत केही बर्षदेखी आर्थिक अनुशासन अबस्थामा गएकोले बिधानमा संघको हित बिरुद्ध उनै पदाधिकारी बा कार्य समिती सदस्यबाट काम भएमा त्यस्तो ब्यक्ती संघमा कार्यरत हुन नपाउने ब्यबस्था भएकोले केही साधारण सदस्यहरु यश बिषयमा न्यायालयमा न्याय माग्न जाने बारे छलफल गरीरहेको सदस्यहरुले बताएका छ्न ।

प्रतिक्रिया

सम्बन्धित खवर