काठमाडौं,११ जेठ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १६९ जनाको मृत्यु भएको छ ।
यसँगै अहिलेसम्मको मृतक सँख्या ६७०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी सोही समयावधिमा २२ हजार ३०६ जनाको पीसीआर र ६३० जनाको एन्टिजेन परीक्षण गर्दा थप ८६३६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यससँगै पुष्टि संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ ।
लयले अहिले १ लाख १७ हजार २६१ जना सक्रिय संक्रमित रहेको जानकारी दिएको छ ।
पछिल्लो चौविस घण्टामा काठमाडौंमा १८६३ जना, भक्तपुरमा ३२३ र ललितपुरमा ४२७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर