चितवन, ७ असारः पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छभने अन्य १८ जना घाइते भएका छन् ।

चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको प्रदेश १-०१- ००१ ख ३५८३ नम्बरको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको बागमती प्रदेश ०३ -००१ज २९९ नम्बरको इभी गाडी ठक्कर खाँदा दुर्घटना भएको हो ।

मृतकको सनाखत भएको छैन । मृतकको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर