काठमाडौं, ३ असार । आज नेप्से परिसूचक ३.९० अंकले घटेर नेप्से २६५४ अंकमा कायम भएको छ भने कारोबार रकममा उल्लेख्य कमी आएको छ । अघिल्लो दिन १३ अर्ब १८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६५ करोडमा अड्यो ।
कुल ९९ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो । यस दिन माइक्रोफाइनान्स समूहमा आकर्षण देखियो । सो समूह १.१० प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर ०।२७ तथा व्यापार ०.११ प्रतिशत बढ्यो।
यीबाहेक सबै समूहका सूचक घटे । बैंकिङ ०.४५, विकास बैंक ०.२०, फाइनान्स ०.४९, होटल तथा पर्यटन १.५८, लगानी ०.४३, जीवन बीमा ०.४७, उत्पादन तथा प्रशोधन ०.१४, निर्जीवन बीमा ०.२५ तथा अन्य ०.१५ प्रतिशत घट्यो।
पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै बुटवल पावरको ७.७३, सामुदायिक लघुवित्तको ७.१३, अपरहेवाखोलाको ५.२८ तथा विन्ध्यबासिनी हाइड्रोपावरको ५.१६ प्रतिशत बढ्यो ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ४.६२, नारायणी डेभलपमेन्ट बैंकको ३.९४, सिन्धु विकास बैंकको ३.७७, तथा क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ३.२१ प्रतिशत मूल्य घट्यो ।
