काठमाडौ, १ असार । प्रमुख प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चर्को नाराबाजी र अवरोधका बाबजुद प्रतिनिधिसभाको बैठक अघि बढेको छ ।

बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरूले उठेर विरोध जनाएता पनि सभामुखले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई बोल्न समय दिनुभयो ।

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले जेठ १३ गतेदेखि निरन्तर सदन अवरुद्ध गर्दै आएका छन्।

कांग्रेस प्रमुख सचेतक घिमिरेले रास्वपाको नैतिकतामाथि प्रश्न उठाउँदै भन्नुभयो सहकारी ठगी प्रकरणमा निलम्बित सांसदलाई नै संसदीय दलको नेता बनाइराख्नु कति जायज हो ।
कांग्रेस सचेतक घिमिरेले आफ्नो भनाइ राखेपछि सभामुखले बैठकको अन्य कारबाही अगाडि बढाउनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर