काठमाडौँ, २० जेठः राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आफ्नो स्थापना दिवसका अवसरमा बृहत् नीति सम्मेलन आयोजना गर्ने भएको छ । सो पार्टीको सोमबार बसेको सचिवालयको बैठकले उक्त निर्णय गरेको प्रवक्ता ९कार्यवाहक० मनिष झाले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमका लागि सहमहामन्त्री विपिनकुमार आचार्यलाई आयोजक समितिको संयोजक तोकेको छ । यस्तै, प्रदेश, जिल्ला र स्थानीय तहमा विभिन्न कार्यक्रमहरु गरेर स्थापना दिवस मनाउने निर्णय गरेको छ । सहकारी रकम अपचलनमा कहीँकतै संलग्नता नभएका पार्टी सभापति रवि लामिछानेलाई झुठा मुद्दा लगाइएकोसमेत सो पार्टीले ठहर गरेको छ ।

बैठकमा प्रदेश इञ्चार्जहरू सन्तोष परियार ९कोसी०, मनिष झा ९मधेस०, लिमा अधिकारी ९बागमती०, शिशिर खनाल ९गण्डकी०, विपिनकुमार आचार्य ९लुम्बिनी०, गणेश पराजुली ९कर्णाली० र हरि ढकाल ९सुदूरपश्चिम० ले पार्टीको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर