काठमाडौँ ९ जेठ । पाल्पाको रामपुर नगरपालिकाले आफ्ना नगरवासीका लागि कोरोनाविरुद्धको खोप किन्नका लागि सरकारसँग अनुमति मागेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीलाई आज मन्त्रालयमा नगरपालिकाका प्रमुख रमण थापा सहितको टोलीले भेट गरी खोप किन्ने अनुमति मागेको हो ।

मेयर थापाले भारतमा रहेका रामपुर वडा नम्बर ७ का सन्दीप रानाले खोप ल्याउन समन्वय गर्न सक्ने भनेकाले खोप खरिद गर्न अनुमति मागिएको जानकारी दिनुभयो  ।

अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्षसमेत रहेका सन्दीपसँगको समन्वयमै खोप खरिदको प्रक्रिया अगाडि बढाइएको र खर्चको प्रवन्ध पनि पालिकाले नै गर्ने मेयर थापाको भनाइ छ ।  , ‘कि संघीय सरकारले समयमै उपलब्ध गराइदिनुपर्‍यो, होइन भने हामी नै खरिद गर्छौं अनुमति दिनुपर्‍यो ।’

मन्त्री त्रिपाठीले खोप किन्नका लागि सरकारको तर्फबाट पनि केही आर्थिक तथा प्राविधिक सहयोग दिने आश्वासन दिनुभएको नगरप्रमुख थापाले जानकारी दिनुभयो ।

नगरप्रमुख थापाले आफूले पाउने पारिश्रमिक तथा अन्य सेवा सुविधा र विकास बजेट र जनप्रतिनिधिहरूको भत्ता कटाएर ५० हजार खोप किन्ने योजना नगरपालिकाले बनाएको मन्त्री त्रिपाठीलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर