काठमाडौं, ९ जेठ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १९३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी सो समयावधिमा ७९१४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सो संख्या १८ हजार ९६५ जनाको पिसिआर र ९३१ जनाको एन्टीजेन परीक्षण गर्दा पुष्टि भएको हो ।
पिसिआर विधिबाट ७५९८ र एन्टीजेन विधिबाट ३१६ जना संक्रमित पुष्टि भएका थिए ।
यसैगरी पछिल्लो चौविस घण्टामा ७६६४ जना संक्रमित विसेक भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर