काठमाडौ, ९ जेठ । नेपाल विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को कार्यकारी समितिको सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ ।
शुक्रबारउक्त कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिनुभएको हो ।
उहाले नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ। यसले नेपालका स्वास्थ्य सुधारका असल प्रयासहरूको विश्वव्यापी प्रसार अनि विश्वका राम्रा अभ्यासको अनुकरणका लागि अझ ठूलो सम्भावनाको ढोका उघारेको कुरा वताउनुभएको छ ।
