काठमाण्डौं, ३१ बैशाख । अमेरिकाले साउदी अरबलाई करिब १४२ अर्ब डलर मूल्यको हतियार बिक्री गर्ने भएको छ । हतियर किनबेच सक्बन्धित  यस्तो सहमति यी दुइ देशबीच हिजो मंगलबार भएको अन्तर्रराष्ट्रिय समाचार संस्थाहरुले सम्प्रेषाण गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबारदेखि खाडी मुलुकहरू साउदी अरब, कतार र युएई भ्रमणमा निस्किनु भएको छ । उहाँ हिजै साउदी अरब पुग्नुभयो र त्यहाँ यो सहमति भएको हो ।

यो सम्झौताअनुसार, अमेरिकाले साउदी अरबलाई मिसाइल, क्षेप्यास्त्र, लडाकु विमान, समुद्री सुरक्षासँग सम्बन्धित हतियारहरू बेच्नेछ।

सम्झौता पश्चात् ह्वाइट हाउसले जारी गरेको विज्ञप्तीमा उल्लेख छ  ‘ यो अमेरिकी इतिहासमा सबैभन्दा ठूलो रक्षा सहयोग सम्झौता हो, जसले हाम्रो साझेदारीलाई सुदृढ गर्ने प्रतिबद्धतालाई स्पष्ट रूपमा देखाउँछ’ ।

रोयटर्सका अनुसार लकहिड मार्टिन सी-१३० परिवहन विमान, मिसाइल र रडार बिक्री गर्ने अपेक्षा गरिएको छ। तर कुन-कुन हतियार साउदीलाई बिक्री गर्ने हो भन्ने विषयमा ह्वाइट हाउसले खुलाएको छैन।

साउदी अरबले लकहिडको एफ-३५ लडाकु विमान खरिद गर्न वर्षौंदेखि प्रयास देखाएको छ। यो सम्झौतामा त्यो विमानबारे उल्लेख छ/छैन भन्ने कुरा भाे खुलेको छैन।

अहिलेका मितिसम्म त्यो हतियार मध्यपूर्वमा इजराइलले मत्र प्रयोग गर्दै आएको छ।

रोयटर्स लेख्दछ, साउदी अमेरिकी हतियारको प्रमुख ग्राहक हो।  सन् २०१७ मा ट्रम्पले साउदीलाई ११० अर्ब डलरको हतियार बिक्रीको प्रस्ताव गरेका थिए। सन् २०१८ सम्म १४.५ अर्ब डलरको हतियार अमेरिकाले साउदी अरबलाई बिक्री गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर