काठमाण्डौं, ३० बैशाख ।हिजो र आज दुई दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । यी दुई दिनमा गरेर सुनको भाउ प्रतितोला पाँच हजार सात सय रूपैंया कम भएको छ ।

आज मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार आठ सय रुपैंया छ ।

हिजो सोमबार प्रतितोला एक लाख ८६ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। यो हिजोको मूल्य भन्दा दुई हजार कम रकम हो ।

त्यसरी नै आइतबारको मूल्यमा सुनको मूल्य सोमबार तीन हजार सात सय रूपैयाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ८६ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

यता मंगलबार चाँदीको मूल्य भने बढेको छ।

सोमबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा किनबेच भइरहेको  महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर