काठमाडौं,७ जेठ । पछिल्लो चौविस घण्टामा थप १७७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतक सँख्या ६०२४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा २३ हजार २२६ जनाको पिसिआर र ८७३ जनाको एन्टीजेन परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको छ ।
पिसिआर विधिबाट ८ हजार ४०७ र एन्टीजेन विधिबाट २०० जना संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिले ७८९० जना संक्रमित विसेक भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर