
काठमाडौं , ५ वैशाख । राज्य विरुद्धको कसुर अन्तर्गत हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद डा. धवलशमशेर राणालाई उपचारका लागि छाड्ने तयारी भएको छ ।
उनलाई गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रहरीले पक्राउ गरेको थियो । उनलाई छाड्ने तयारी भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
उपचार लगत्तै उनी पुनः कानुनी प्रक्रियामा ल्याइने तयारीसहित छाड्न लागिएको स्रोतले जनाएको छ ।
‘गृह स्रोतका अनुसार उनलाई अहिले उपचारका लागि पठाउन लागिएको हो पछि उनलाई कानुनी प्रक्रियामा फर्काइनेछ । उनी क्यान्सर सर्भाइबर हुन्।