सुनसरी, ४ बैशाख । सुनसरी जिल्लका एक किसानले आलुखेती गरेर तीन महीनामा आठ लाख रूपैंया कमाएका छन् ।

स्थनीय भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले यो हिँउदमा तीन बिघा जग्माामा आलुखेती गर्नुभएको थियो । त्यसमा उहाँको खानजोत, मलबीउ, मजदुर आदिमा लगभग ६ लाख  खर्च थियो ।  आलु करिब १४ लाखको उत्पादन भयो।

महतोले खुशी हुँदै बताउनुभयो :  तीन महिना मेहनत गरेर आलुखेतीबाट रु आठ लाख आम्दानी गर्न सफल भएँ।

परिश्रमी गरे देशमै मजाले कमाउन सकिन्छ भन्दै उहाँले भन्नुभयो :  ‘विभिन्न समस्या त छन्, मजदुर, खाद्यमलको अभाव छ । तथापि तीन महीना मेहनत गरेर यो आम्दानी गर्न सफल भयौं।  देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण पनि हो,’ ।

उहाँ भन्नुहुन्छ : बजारको पनि त्यस्तो समस्या छैन । उत्पादन भएको आलु सबै बिक्री भैसक्यो ।

यहाँका अधिकांश  किसानले हिउँदे बालीका रूपमा मुख्यगरी आलुखेती गर्ने गरेको जानकारी दिदै  कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले भन्नुभयो : उत्पादन राम्रो हुने, समय पनि धेरै नलाग्ने र बजारको पनि समस्या नपर्ने हुँदा यस ठाउँका किसानहरूको आकर्षण आलुखेतीप्रति बढेको छ ।

सिंहका अनुसार यहाँ किसानले  काडिनल, जनक, कुफरी जपी, भूटानी, सठिया, टिपिएसलगायत जातका आलु लगाउने गरेका छन् । यी प्रजातिका आलुको उत्पादन तुलनात्मक रूपमा राम्रो हुन्छ ।

समग्रमा वार्षिक रूपमा तीन हजार हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर