काठमाण्डौं, ४ बैशाख । जल तथा मौसम पूर्वानुमान महाशाखाले स्थानीय तथा पश्चिमी वायु  र भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको वायुको प्रभाव परेकोले देशका विभिन्न भागमा एक दुइ दिन पानी पर्ने जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानका मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी  र कर्णाली प्रदेशका केही स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही ठाउँमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ।

प्रतिक्रिया

सम्बन्धित खवर