न्युयोर्क, २ वैशाख । मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्र सङ्घको कार्यालय ९ओसिएचए० ले सोमबार गाजाको मानवीय अवस्था सन् २०२३ अक्टोबरमा घेराबन्दी गरिएको इलाकामा इजरायली आक्रमण सुरु भएदेखि मानवीय सहायतामा निरन्तर नाकाबन्दीबीच ‘सम्भवतः सबैभन्दा खराब’ भएको बताएको छ ।

आफ्नो पछिल्लो बयानमा ओसिएचएले डेढ महिनादेखि कुनै पनि सहायता ढुवानी गाजामा प्रवेश नगरेको कुरा प्रकाश पार्दै भनेको छ, “युद्ध सुरु भएदेखि विगत १८ महिनामा मानवीय अवस्था सम्भवतः सबैभन्दा खराब भएको छ ।”

इजरायलले मार्च २ देखि मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ र गाजामा प्रवेश गर्ने सबै सीमा बन्द गरेको छ । दुई महिनाको युद्धविरामपछि मार्च १८ मा सैन्य कारबाही पुनः सुरु भएको छ ।

ओसिएचएले क्रसिङहरू बन्द र आन्तरिक आवागमन प्रतिबन्धका कारण आपूर्तिको गम्भीर अभावले अधिकारीहरूलाई मापन र रासन सहायता वितरण गर्न बाध्य पारेको पनि उल्लेख गरेको छ । क्युएनए

प्रतिक्रिया

सम्बन्धित खवर