काठमाडौँ, ३१ चैतः नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आन्दोलनरत शिक्षकहरुको माग सम्बोधनका लागि सरकार गम्भीर बन्नु पर्ने बताउनु भएको छ। नेपाली कांग्रेसको शिक्षा विभाग प्रमुख समेत रहेका महर लाई ध्यानाकर्षण गर्न महरको सचिवालय पुगेका नेपाल शिक्षक संघका प्रदेश र जिल्ला अध्यक्षहरु संग कुरा गर्दै नेता महरले ‘ देशभरका सामुदायिक विद्यालयका शिक्षकहरु लामो समय देखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन।विगतको सरकार संगको सहमति कार्यान्वयनका लागि सरकार खासै संबेदनशील देखिएन ।

मन्त्री परिषदको वैठबाट मात्र पनि सम्बोधन गर्न सकिने थुप्रै मागहरु भएको वताउदै महरले’ हुन सक्ने मागका लागि छिटो मन्त्री परिषको वैठक राखेर टुंग्याईनु पर्ने र बाँकी बिषयको वर्गिकरण गर्दै समय तालिका निर्माण गरेर अगाडि बढन सकिने तमामौ आधार लाई सरकारले गम्भीर रुपमा लिनु पर्दछ।

शैक्षिक आमहडताल घोषणा गरेर आन्दोलनरत शिक्षक समुदायको आत्मसम्मानको ख्याल गरेर निश्कर्ष निकाल्नका लागि प्रधानमन्त्रीको थप कृयाशीलता खाँचो रहेको र देशको वर्तमान परिस्थितिको आंकलन गरेर सामुदायिक विद्यालयका आन्दोलनरत शिक्षकहरुले वार्ता सम्वाद गरेर निश्कर्षमा पुग्नु पर्ने महरको भनाई थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

सोमंबुबिशु