
ब्रसेल्स, २९ चैत । युरोपेली सङ्घ (इयु) विरुद्ध डोनाल्ड ट्रम्पको करयुद्ध अन्त्य गर्न वार्ता असफल भएमा ब्रसेल्सले अमेरिकी विशाल प्रविधि कम्पनीमाथि कर लगाउन सक्ने ब्रसेल्सका प्रमुख उर्सुला भोन डेर लेयेनले दिएको फाइनान्सियल टाइम्सलाई बिहीबार प्रकाशित अन्तर्वार्तामा बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपतिट्रम्पले स्टिल, आल्मुनियम, कार र युरोपेली सङ्घबाट आयात हुने अधिकांश वस्तुलाई लक्षित गरी कर लगाएपछि इयूलेले वासिङ्टनसँग पारस्परिक लाभकारी सम्झौता गर्न चाहेको बताएको छ ।
भोन डेर लेयेनले अमेरिका लक्षित अहिलेसम्मकै आफ्नो कडा टिप्पणीमा भन्नुभएको छ, “उहाँ प्रतिशोधको आफ्नो धम्कीलाई बढावा दिन तयार हुनुहुन्छ र वार्ता असफल भएमा अमेरिकी सेवाहरूलाई लक्षित गर्न तयार हुनुहुन्छ।”
उहाँले भन्नुभयो, “यदि वार्ताबाट कुनै परिणाम ननिस्केमा प्रतिवादका विभिन्न उपाय अपनाइने छन् ।”
एफटीले उहाँलाई उद्धृत गर्दै भनेको छ, “उदाहरणका लागि इयूले डिजिटल सेवाहरूको विज्ञापन राजस्वमा कर लगाउन सक्नेछ, जसले नयाँ दबावमुलक व्यापार हतियारको प्रयोग बढाउनेछ ।”
युरोपमा सार्वजनिक खरीद सम्झौताहरूमा अमेरिकी कम्पनीहरूको पहुँचसीमित गर्न सक्ने ‘बाजुका’ भन्ने इयूलाई सेवाहरू लक्षित गर्ने कानुनी धारणालाई प्रयोग गर्नसक्छ ।
यूरोपविरुद्ध आफ्नो कर अभियानलाई बढावा दिने गुनासोहरूमध्ये अमेरिकी प्रशासनले तथाकथित गैर–कर अवरोधहरूको बारेमा गुनासो गरेको छ। यसले अनुचित रूपमा अमेरिकी निर्यातमा बाधा पुर्याउनसक्छ ।
विशेष गरी समूहको प्रविधि प्रतिस्पर्धा र सामग्री नियन्त्रणलाई अनलाइनमा नियमन गर्ने मूल्य वर्धित कर ९भ्याट० र प्रविधिसम्बन्धी कडा नियम, डिजिटल बजार ऐन र डिजिटल सेवा ऐनको प्रयोग समूहले गर्नसक्ने अधिकारीहरूले बताएका छन् ।
भोन डेर लेयेनले भन्नुभयो, “प्राविधिक कानूनहरू चलाउन नसकिने खालका छन् र इयू जुन घरेलु र आयातित दुवै वस्तुहरूमा लागू हुने भ्याटमा वार्ता गर्न खुला छैन ।”
अन्तर्वार्ताले वार्ता असफलतातर्फ उन्मुख देखिएको सङ्केत गरे पनि भोन डेर लेयेनले वार्ता सफल होस् भन्ने बलियो सङ्केत दिनुभएको छ ।
ट्रम्पले व्यापकरूपमा नयाँ कर लागू गर्ने नीति अख्तियार गरेपनि ‘वार्तालाई मौका दिनका लागि’ भन्दै यसबाट करिब ९० दिनका लागि पछि फर्कने वा घोषणालाई कार्यान्वयनमा नलाने बताएपछि इयू समूहले अमेरिकी सामानहरूमा योजनाबद्ध करवृद्धिहरू राख्नेछ किनकि अमेरिकाले यस पहिले धातु र कारहरूमा लगाउने घोषणा गरेका करहरू लागू छन् र सबै सामानहरूमा आधारभूत १० प्रतिशत कर लगाइएको छ ।एएफपी