काठमाडौँ, १७ चैत । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शुक्रबार भएको अराजकतावादी आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको धारणा मागेका छन् ।‘

गणतन्त्र अहिलेको महान् उपलब्धि हो, राजाहरूको पटकपटकको लोकतन्त्रमाथिको अतिक्रमण पछि गणतन्त्र आएको हो, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी र संघीयता आजका महान् उपलब्धि हुन्, यी उल्टिदैनन्,’ उनले भने

बी.पी चिन्तन प्रतिष्ठान द्वारा आयोजित सुशासन र संविधान संशोधन विषयक अन्तर संवाद कार्यक्रमका प्रमुख अतिथि सिटौलाले     शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शुक्रबारको घटनाबारे पूर्वराजाको धारणा माग गरेका हुन् ।

सो कार्यक्रममा संविधान सभा सदस्य राधेश्याम अधिकारी, लोकसेवा आयोगका पूर्ब अध्यक्ष उमेश मैनाली,हरिबोल भट्टराई, पुष्प पराजुली तथा डा लक्ष्मी पौडेलले आ आफ्ना बिचार अभिब्यक्त गर्नु भएको थियो ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

सोमंबुबिशु