काठमाडै, ५ जेठ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट २४६ को मृत्यु भएको छ ।
यस सँख्यासँगै मृतकको सँख्या ५६५७ जना पुगेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी सो समयावधिमा ८०६४ जनामा पिसिआर र १०९ जनामा एन्टीजेन परीक्षण गर्दा थप ८१७३ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो चौविस घण्टामा ७ हजार ९८९ जना संक्रमणबाट विसेक भएका छन् ।
यसैगरी पछिल्लो चौविस घण्टामा काठमाडौंमा १ हजार ९८८, भक्तपुरमा २२८ र ललितपुरमा २७० गरी जम्मा २ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
