विराटनगर, ११ चैत : प्रेस चौतारी नेपालको १० औँ राष्ट्रिय अधिवेशनले अध्यक्ष पदमा गणेश पाण्डेसहित ९९ सदस्यीय कार्य समिति चयन गरेको छ ।

प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष एवं अध्यक्ष मण्डलका सदस्य गणेश बस्नेतका अनुसार उपाध्यक्षमा चेतन अधिकारी र महिला उपाध्यक्षमा कृपा भण्डारी, महासचिवमा हीरामान लामा, उपमहासचिवमा हरिवल्लभ नेपाल, सचिवमा विक्रम लुइँटेल, प्रदीप आचार्य, नरेश भण्डारी र विष्णु तारुके निर्विरोध निर्वाचित हुनुभएको छ ।

अधिवेशनले लेखा आयोग, अनुशासन आयोग, नीति तथा प्रशिक्षण आयोग र निर्वाचन आयोगका संयोजक पनि निर्विरोध निर्वाचित गरेको नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनमा १०९ मनोनीतसहित ९२३ जना प्रतिनिधिहरुको सहाभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

सोमंबुबिशु