काठमाडौं, ३ जेठ । पछिल्लो चौविस घण्टामा थप २१४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै अहिलेसम्म मृतक सँख्या ५ हजार ५२१५ जना पुगेको छ ।
सोही समयमा २१ हजार ६५३ जनाको पिसिआर र ४३४ जनाको एन्टीजेन परीक्षण गर्दा ९२४७ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० पुगेको छ ।
पछिल्लो चौविस घण्टामा ५७६७ जना संक्रमित विसेक भएको मन्त्रालयले जनाएको छ ।
