काठमाण्डौँ, १९ फागुन। पत्रकार मोहिनी मिश्रको निधन भएको छ । मिश्रको ५६ वर्षका उमेरमा क्यान्सर रोगबाट निधन भएको हो । ललितपुर महानगरपालिका वडा १८, भैसेपाटी निवासी पत्रकार मिश्रको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँ विगत दुईवर्षदेखि पेट सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो  ।

राष्ट्रिय समाचार समिति (रासस) मा  दुई दशकभन्दा वढी  काम गर्नुभएकी मिश्रले पछिल्लो समय त्यहाँको वरिष्ठ सम्पादकको पदबाट स्वैच्छिक अवकाश लिनुभएको थियो ।

मिश्रले नेपाल प्रेस युनियन रासस शाखाको अध्यक्ष र नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखामा  वरिष्ठ उपाध्यक्षसमेत रहेर काम गर्नु भएको थियो ।

मिश्रको दाहसंस्कार आजै पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ । मिश्रका एक छोरा हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर