धादिङ जिल्लाको नेत्रावती डब्जोङ्ग गाउँपालिकामा दुइदिने निशुल्क स्वास्थ्य शिविर भएको छ। बिपि चिन्तन प्रतिष्ठानको आयोजनामा भएको शिविरमा करिब पाँचसय जनाले सेवा लिएको कार्यक्रम संयोजक ध्रुव पाण्डेले जानकारी दिए ।

फागुन ९ र १० गते भएको शिविरमा विशेषज्ञ चिकित्सकहरु स्त्रीरोग विशेषज्ञ डाक्टर तारा पुन र बिनोद अर्याल,वाथ तथा मुटुरोग विशेषज्ञ डाक्टर नरेन्द्र मैनाली ,बालरोग विशेषज्ञ डाक्टर बलराम बिष्टले परिक्षण गरेका थिए ।

बिपि चिन्तन प्रतिष्ठानका सह-अध्यक्ष पुष्पराज पराजुलीद्वारा उद्घाटन भएको कार्यक्रमको सभाध्यक्ष गाउँपालिका उपप्रमुख सीता चोदेन रहेकी थिइन्।

शिविरमा बिपि चिन्तन प्रतिष्ठानका केन्द्रिय कोषाध्यक्ष तथा कार्यक्रम संयोजक ध्रुव बहादुर पाण्डे,जिल्लाका नेता तथा समाजसेवी टेक जङ्ग लामा ,स्थानीय नेता स्वास्थचौकी का स्वास्थ्यकर्मीलगायतको उपस्थिति रहेको थियो।

शिविरमा करिब तीन लाख बराबरको निशुल्क औषधि वितरण गरिएको कार्यक्रम संयोजक ध्रुव बहादुर पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर