काठमाडौं, २ जेठ । पछिल्लो चौविस घण्टामा थप ७३६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ४३९ जनाको पिसिआर र ३४४ जनाको एन्टीजेन परीक्षण गर्दा सो पुष्टि भएको हो ।
पिसिआर परिक्षण गर्दा ७३१६ र एन्टीजेन विधिबाट ५३ जना संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगै सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २६३ पुगेको छ भने छ हजार ६४८ जना संक्रमित विसेक भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा थप १४५ जना संक्रमितको निधन भएको छ ।
