काठमाडौ, ३१ वैशाख । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संत्रक्रमणबाट थप २०३ जनाको मृत्यु भएको छ ।
उक्त संख्यासँगै मृतकको कुल सँख्या ४६६९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टीजेन परीक्षण गर्दा थप ८५२० जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । त्यस्तै, सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ रहेको छ । सोही अवधिमा ६ हजार १३५ जना विसेक भएका छन् ।
यससँगै विसेक हुनेको सँख्या ३ लाख २७ हजार ६५३ पुगेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर