क्यापिटल हिल, वाशिङ्गटन, ७ माघ । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुभएको छ । ट्रम्पलाई प्रधानन्यायाधीश जोन रोबर्ट्सले राजधानी वासिङ्टन डीसीस्थित संसद् भवन यूएस क्यापिटल हिलको रोटुन्डा भवनमा आयोजित विशेष समारोहमा शपथ गराउनु भएको हो ।

शपथ ग्रहण गरेपछि उहाँले भन्नुभयो,अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना प्रकट पार्नुभयो । उहाँले राष्ट्रको भविष्यको प्रगतिको लागि कडा प्रयास गर्ने र अमेरिकालाई नयाँ उच्चतामा पुर्याउने आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो।

ट्रम्पले आफ्नो शपथ ग्रहण समारोहमा अमेरिकाका नागरिकलाई एकताबद्ध भएर काम गर्नको लागि आह्वान गर्नुभयो । यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय हो। यस समारोहले अमेरिकी लोकतन्त्रको महत्वलाई पुनः प्रमाणित गर्दै, देशको आगामी यात्रा र नेतृत्वको एक नयाँ अध्यायको शुरुआत गरेको छ।

सन् २०१७ देखि २०२१ सम्म अमेरिकाको राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरेलगत्तै धेरै कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्नुभएको  छ । यसमा विश्व स्वास्थ्य संगठन (WHO) को सदस्यताबाट अमेरिका बाहिरिने आदेश पनि समावेश छ…

सपथ लिएपछि ट्रम्प ओभल अफिस पुगेका ट्रम्पले यहाँ धेरै कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्नुभयो । यस अवधिमा  बाइडेन सरकारका ७८ वटा निर्णयलाई रद्द गरिएको छ। यससँगै  पेरिस जलवायु सम्झौताबाट अमेरिका बाहिरिने घोषणा  छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर