काठमाडौं, २९ वैशाख । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १६८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृतकको उक्त सँख्यासँगै अहिलेसम्म मृतक सँख्या ४२२५ पुगेका जनाएको छ ।
यसैगरी सो समयावधिमा २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षण गर्दा थप ९३०५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यससँगै कुल सङ्क्रमितको संख्या ४ लाख २२ हजार ३४९ पुगेको छ ।
अहिले १ लाख ६३४ जना सक्रिय संक्रमित रहेका छन् भने ५१७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी अहिले ४४४४ जना व्यक्ति विसेक भइसकेका छन्।
पछिल्लो चौबीस घण्टामा काठमाडौंमा ३२५०, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जना सङ्क्रमित थपिएका छन् ।
