काठमाडौँ, ९ पुस । अघिल्लो दिन झण्डै २९ अंकले बढेको नेप्से परिसूचक आज १४.११ अंकले बढेर २ हजार ६ सय २६.३१ विन्दुमा बढेको छ ।

उक्त दिन कारोबारमा आएकामध्ये १६८ वटा कम्पनीको सेयरमूल्य बढ्यो, ७० वटाको घट्यो भने बाँकी ६ वटा कम्पनीको स्थिर रहयो ।

६४ हजार ९ सय १७ पटकको कारोबारमा एक करोड २७ लाख ४६ हजार ४ सय १० कित्ता सेयर किनबेच भएको छ । ती किनबेचमा ५ अर्ब २० करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो । सोमबार ४ अर्ब ४३ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।

उक्त दिन कारोबारमा आएका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन र व्यापार बाहेक सबैको परिसूचक बढेपछि समग्र नेप्से दोहोरो अंकले बढेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर