भिटाली सेभचेन्को
रुस सम्पादक, बीबीसी मनिटरिङ

काठमाडौ, ९ पुस । युक्रेनी निशानेवाज ओलेक्सान्डर मटसिएभ्स्कीलाई रुसीहरूले पूर्णस्तरको युद्ध सुरु भएको पहिलो वर्ष कब्जामा लिएका थिए। पछि, एउटा भिडिओ सार्वजनिक भयो जसमा उनले जङ्गलमा अन्तिम पटक चुरोट खाइरहेको देखिन्थ्यो। उनलाई खन्न बाध्य पारिएको एउटा चिहान नजिकै उक्त भिडिओमा उनी देखिएका थिए।

भिडिओमा उनले आफूलाई बन्धक बनाउनेहरूका सामु ूयुक्रेन जिन्दावाद१ू भन्छन्, र त्यसपछि गोली चलेको आवाज सुनिन्छ अनि उनी ज्यान गुमाएर ढल्छन्।

उनको यो मृत्युदण्ड धेरै यस्ता घटनामध्ये एक हो।

ुयसै वर्षको अक्टोबरमा रुसी फौजले कब्जामा लिएका भनिएका ९ युक्रेनी सैनिकहरूलाई कुर्स्क क्षेत्रमा मारिएको थियो। युक्रेनी अभियोजकहरूले उक्त घटना र भुईँमा अर्धनग्न शरीरहरू छरपष्ट देखिने एउटा फोटोका बारे अनुसन्धान गरिरहेका छन्। उक्त तस्बिरको आधारमा एक ड्रोन सञ्चालक रुस्लान होलुबेन्कोको शरीरलाई उनका अभिभावकहरूले पहिचान गरेका थिए।

ूमैले उनको भित्रीवस्त्र देखेर उनलाई चिने,ू उदास मुद्रामा देखिएकी उनकी आमाले स्थानीय प्रसारकसँग भनिन्। ूमैले समुद्रतिर घुम्न निस्कनुअघि उनलाई त्यो किनिदिएकी थिएँ। उसको काँधमा गोली हानिएको रहेछ भन्ने पनि मैले थाहा पाएँ। तपाईँ त्यो तस्बिरमा पनि देख्नसक्नुहुन्छ।ू

दण्ड दिने नाममा मारिएकाहरूको सूची लामो छ। युक्रेनी अभियोजनकर्ताहरूले टाउको छिनाएर बन्दीहरूलाई मारिएको भनिएका घटनाहरूका विवरण र एक जना युक्रेनी सैनिकलाई पछाडि हात बाँधेर तरबार हानेर मारिएको घटनाको अनुसन्धान गरिरहेका छन्।

अर्को एउटा भिडिओमा १६ जना युक्रेनी सैनिकहरूलाई जङ्गलबाट आत्मसमर्पण गर्न बाहिर निस्किएपछि लामबद्ध गराइएको र त्यसपछि निरन्तर गोली हानेर मारिएको देखिन्छ।

त्यसरी कानुनी प्रकृया अघि नबढाइकन बन्दीहरूलाई सिधै मृत्युदण्डका रूपमा मारिएका घटनाहरूका कतिपय भिडिओहरू स्वयं रुसी सैनिकहरूले नै खिचेका हुन् भने केही भिडिओ घटनाका बेला आकाशमा रहेका युक्रेनी ड्रोनहरूले खिचेका हुन्।

भिडिओमा देखिने यी मानिस मारिएका घटनाहरू वन क्षेत्र वा कुनै खास विशेषता नभएका खुला मैदानमा गरिएका हुन्छन् त्यही भएर वास्तविक घटनास्थल पहिचान गर्न कठिन हुने गरेको छ। तर बीबीसी भेरिफाइले कैयौँ घटनाहरू पुष्टि गर्न सकेको छ जसमा बन्दीलाई टाउको काटेर मारिएको एउटा घटना पनि पर्छ। उक्त घटनाको भिडिओमा पीडितहरूले युक्रेनी सेनाको पोसाक लगाएका देखिन्छ र त्यो भिडिओ हालै खिचिएको थाहा पाउन सकिन्छ।

युक्रेनी अभियोजकहरूले पूर्ण स्तरको लडाइँ सुरु भएयता कम्तीमा १४७ युक्रेनी युद्धबन्दीहरूलाई रुसी फौजहरूले मृत्युदण्ड दिएका बताएका छन्। त्यसमध्ये १२७ जना बन्दीलाई यो वर्ष मारिएको थियो।

ूयो सङ्ख्या उकालो लागेको प्रष्ट देख्न सकिन्छ,ू युक्रेनी अभियोजनकर्ताको कार्यालयका युद्ध विभागका प्रमुख युरी बेलुसोभ भन्छन्।

ूगएको वर्षको नोभेम्बरबाट मृत्युदण्डलाई आम अभ्यास बनाइयो र त्यो यो वर्ष भर नै कायम रहेको छ। दुर्भाग्यवश, गर्मीयाम र शरदयाममा यो सङ्ख्या उच्च रह्यो। यसले यी एकाध घटना होइनन् भन्ने प्रस्ट पार्छ। ठुलो भूभागमा यस्ता घटना भइरहेका छन् र यो तिनीहरूको नीतिकै हिस्सा भएको स्पष्ट सङ्केतहरू देखिएका छन्। यसो गर्न निर्देशन दिइएको प्रमाणहरू छन्।ू

अन्तर्राष्ट्रिय मानवीय कानुन अझ त्यसमा पनि तेस्रो जिनिभा महासन्धिले युद्धबन्दीहरूलाई सुरक्षा प्रदान गर्छ र उनीहरूलाई मृत्युदण्ड दिने कार्यलाई युद्ध अपराध मान्ने गर्छ।

तर यसको प्रतिकुल हुने गरी रुसको चेचेन्याका निरङ्कुश नेता रमजान क्याडिरोफले युक्रेनसँगको युद्धमा संलग्न आफ्ना कमान्डरहरूलाई ुकुनै पनि बन्दी नलिनु भनेर छोटो समयका लागि आदेश दिएका थिए।

एक अन्तर्राष्ट्रिइ मानवअधिका संस्था, ह्युमन राइट्स वाच, की युरोप तथा मध्य एशिया शाखाकी उप निर्देशक रेचल डेनबर युक्रेनी युद्धबन्दीहरूलाई मृत्युदण्ड दिइएका आरोप पुष्टि गर्ने प्रमाणहरूको अभाव नरहेको बताउँछन्। उनका अनुसार दण्डहीनता मुख्य समस्या हो र रुसी सेनाले केही गम्भीर प्रश्नहरूको जवाफ दिनुपर्छ।

उनको प्रश्न छ, ूती युनिटहरूलाई कमान्डरहरूबाट औपचारिक वा अनौपचारिक के निर्देशन छ? के उनीहरूका कमान्डरहरू जिनिभा महासन्धिले युद्धबन्दीलाई गर्नुपर्ने व्यवहार भनी बताएका कुराहरूबारे प्रस्ट छन्रु रुसी सैन्य कमान्डरहरूले आफ्ना युनिटहरूलाई उनीहरूका व्यवहारबारे के भनिरहेका छन्रु यी घटनाहरूबारे छानबिन गर्न ती भन्दा माथिल्लो निकायहरूले के कदमहरू चालिरहेका छन्? यदि माथिल्लो निकायहरूले अनुसन्धान गरिरहेका छैनन् वा यस्ता व्यवहार रोक्न कदम चालेका छैनन् भने के उनीहरूलाई थाहा छ कि उनीहरू पनि कसुरका लागि जिम्मेवार हुन्छन् र उनलाई जबाफदेही बनाइनसक्छ?ू

अहिलेसम्म रुसले औपचारिक रूपमा आफ्ना फौजहरूले युक्रेनी युद्धबन्दीहरूको हत्या गरिरहेका दाबीहरूको अनुसन्धान गरेको कुनै सङ्केत देखिएको छैन। रुसमा यस्तो खालको आरोप उल्लेख गर्नेलाई मात्रै लामो जेल सजाय हुन्छ।

भ्लादिमिर पुटिनका अनुसार रुसी फौजहरूले ुसधैँु युक्रेनी युद्धबन्दीहरूलाई ुअन्तर्राष्ट्रिय कानुनी दस्ताबेज र अन्तर्राष्ट्रिय महासन्धि अनुरूपको व्यवहारु गरेका छन्।

युक्रेनी फौजहरूमाथि पनि रुसी युद्धबन्दीहरूलाई मारिदिने गरेको आरोप लाग्ने गरेको छ। तर त्यस्ता दाबीहरूको सङ्ख्या सानो छ।

युरी बेलुसोभ यस्ता आरोपलाई युक्रेनी अभियोजकहरूले ुज्यादै गम्भीरताुका साथ लिने र अनुसन्धान गर्ने बताउँछन्। तर अहिलेसम्म कसैमाथि पनि अभियोग लगाइएको छैन।

ह्युमन राइट्स वाचका अनुसार फेब्रुएरी २०२२ मा पूर्ण स्तरको युद्ध सुरु भएयता रुसी फौजले ुश्रृङ्खलाबद्ध मानवअधिकार उल्लङ्घनहरू गरेका छन् जसलाई युद्ध अपराध वा मानवताविरुद्धको अपराधका रूपमा अनुसन्धान गर्नुपर्छ।ु

रुसी सैनिकहरूको ज्यादतीको वृत्तान्तका कारण कतिपय युक्रेनी सैनिकहरूले बन्धक बन्नुभन्दा ज्यान गुमाउनु वेश ठान्ने गरेका बताइन्छ।

ूउनले मलाई भनेस् ुआमा म कहिल्यै आत्मसमर्पण गर्दिन, कहिल्यै। मलाई माफ गर्नुहोला किनभने मलाई थाहा छ तपाईँ रुनुहुनेछ तर म यातना सहन चाहन्न,ू रुसलान होलुबेन्कोकी आमाले भनिन्। उनका छोरा औपचारिक रूपमा अझै पनि बेपत्ताको सूचीमा छन् र उनले आशा गर्ने ठाउँ नभएपनि अझै आशा मारिसकेकी छैनन्।

ूम आफ्ना छोरालाई फिर्ता पाउन सम्भव र असम्भव सबै प्रयास गर्नेछु। म उनको तस्बिर हेरिरहन्छु। हुनसक्छ फोटोमा उनी अचेत मात्रै थिए कीरु म यस्तो विश्वास गर्न चाहन्छु, म उनको मृत्यु भयो भनेर सोच्न चाहन्न।ू बिबिसी

 

प्रतिक्रिया

सम्बन्धित खवर