काठमाण्डौँ, ६ पुस । आज विश्व ध्यान दिवस ।यो ध्यान दिवसका अवसरमा विश्वव्यापी रुपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिदै छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले डिसेम्बर ६, २०२४ मा डिसेम्बर २१ लाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । त्यसपश्चात् २१ डिसेम्बरको दिन संसारभर विविध आध्यात्मिक कार्यक्रमका साथ यो दिवस मनाइदै गरिएको छ ।

यो अवसरमा नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले आज यो ध्यान दिवस मनाउँदै छन् ।

नेपाल सरकारले पनि आज ध्यान दिवस मनाउने जनाएको छ ।

नेपाल महर्षि वैदिक फाउन्डेसन अन्तर्गतका ध्यान केन्द्र, ग्लोवल मदर डिभाइन तथा देशभर सञ्चालित ९० वटा गुरुकुलमा आज बिहानको रुद्राभिषेक पछि सामूहिक ध्यानको आयोजना गरियो ।

त्यस्तै यो अवसरमा पतञ्जली संस्था, जीवन विज्ञान,ब्रह्मकुमारी राजयोग सेवा केन्द्रलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरी विश्व ध्यान दिवस मनाउने जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर