काठमाण्डौं, ६ पुस । बाजुरामा आज शनिबार बिहान भुईंचालो गएको छ।
सो जिल्लाको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु भएर गएको भुईंचालो ५.२ म्याग्नेच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।भुईंचालो बिहान ४:१४ बजे गएको थियो।
भुईंचालो गएपछि त्यस क्षेत्रका मानिसहरू घर बाहिर निस्किएका थिए । मानिसहरू भुईंचालोको त्रासले घर भित्र जान सकेका छैनन् ।
स्थानीय बताउँछन् : भुईंचालो पश्चात् बाजुरामा सञ्चार सम्पर्क टुटेको छ ।फोनमा नेटवर्क छैन। भुईंचालोको कम्पन अछाम, जाजरकोट, जुम्ला लगायतका आसपासका जिल्लामा महसूस भएको थियो ।
