काठमाण्डौं, ६ पुस । काठमाण्डौं उपत्यकाको न्यूनतम तापक्रम आज शनिबार फेरि चार डिग्री सेल्सियसभन्दा तल झरेको छ । यसअघि गत शनिबार २ डिग्री सेल्सियस थियो।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनअनुसार न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस छ।हिजो शुक्रबारको तुलनामा काठमाण्डौंको न्यूनतम तापक्रम यसरी घटेको हो। शुक्रबार ५ डिग्री सेल्सियस थियो।

गत शनिबार २  डिग्री सेल्सियसभन्दा भए पनि त्यसपछिका दिनमा सो ताप क्रम लगातार घट्दै आएको थियो ।

उपत्यकाको न्यूनतम तापक्रम गत आइतबार ४.५ डिग्री सेल्सियस, सोमबार र मंगलबार ४.८ डिग्री सेल्सियस, बुधबार र बिहीबार ५.१ डिग्री सेल्सियस  थियो।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार काठमाण्डौंको मौसम सफा रहने र अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसबीच रहनेछ।

त्यस्तै कोशी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आज हल्का वर्षा र हिमपातको सम्भावना छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर