काठमाण्डौं, ४ पुस । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग टी – २० प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आज बिहीबार त्रिवि मैदानमा भएको दोस्रो क्वालिफायर टु को खेलमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर फाइनलमा पुगेको हो ।

टस जितेर बलिङ रोजेकाे  जनकपुरले कर्णालीलाई जम्मा ११८ रनमा रोकेको थियो । कर्णालीबाट पाएको  ११९ रनको लक्ष्य जनकपुरले एक ओभर बाँकी हुादा ८ विकेट गुमाएर पूरा गरेको हो ।

जनकपुरले अब उपाधिका लागि सुदूरपश्चिम रोएल्ससँग प्रतिस्पर्धा गर्नेछ । यी दुई बीचको फाइनल खेल  ६ गते शनिबार हुनेछ । सुदूरपश्चिम जनकपुरलाई नै क्वालिफायरमा वानमा पराजित गर्दै फाइनल पुगेको हो ।

जनकपुरका लागि जिमी नीशमले १७ बल खेल्दै २ चौका र ५ छक्काको मदतमा सर्वाधिक ४५ रन बनाएर आफ्नो टिमको जितकालागि सहज वातावरण बनाएका थिए ।

जनकपुरका शेर मल्लले अविजित १६ रन बनाए । उनले १० बल खेल्दा १ छक्का प्रहार गरे । हर्श थाकरले १७, मयन यादवले १५ र आकाश त्रिपाठीले १३ रन बनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर